स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न वडा कार्यालय अथवा नगपालिका कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् गर्नुहोस् र तल भनेअनुसार गर्नुहोस्।
नोटः जुनसुकै घटना दर्ता गराउन अाएपनि हरेक व्याक्तिको फारम अलग अलग भर्नु पर्ने छ। व्याक्ति पिछ्छे अलग अलग टोकन न. चाहिन्छ। यदि एक चोटि नगरपालिकामा कुनै ब्याक्तिगत घटना Online दर्ता गरिएको छ भने सोहो व्याक्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन अावश्यक पर्दैन। पुरानो व्याक्तिगत घटना दर्तामा भएको व्याक्तिगत परिचय पत्र न. ले हुन्छ।
१) फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ।
२) Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि दाहिने पट्टी Romanized मा क्लिक गर्नुहोला।
३) फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन।